LweoNepal

Summary of books in Nepali / “The Order of Time समय को क्रम” पुस्तकको सारांश

Summary of the book “The Order of Time” in Nepali

सारांश : समय को क्रम

१-वाक्य-सारांश:

“समयको क्रम” पुस्तकले तपाईको दिमागलाई विस्तार गर्दै समयको बारेमा तपाइँको सामान्य धारणालाई चकनाचूर पार्दछ, समाजले  समयलाई कसरी हेर्दछ भन्ने कुरा दिमाग निर्मीत एक धारणा मात्र हो र यसको वास्तविकता हामी सबैले सोचेकोभन्दा धेरै रोचक छन्।

लेखकद्वार दिइएको मनपर्ने उद्धरण:

सम्पूर्ण ब्रह्माण्डको अस्तित्व अव्यवस्थित को एक क्रमिक प्रक्रिया हो।

The Order Of Time Summary

के तपाइँको कहिल्यै त्यस्तो शिक्षक हुनुहुन्थियो, जो जटिल विषयलाई राम्रोसंग सरल र बुझ्ने तरिकामा व्याख्यागर्न सक्षम हुनुहुन्थियो? मेरो लागि, उहाँ जस्तै शिक्षक, कलेजको क्यालकुलस प्रोफेसर हुनुहुन्थियो, जो यति राम्रो हुनुहुन्थियो कि मैले A+ ग्रेड पाएर स्नातक भएँ!

 प्रत्येक क्षेत्र वर्णन गर्न सजिलो छैन। यदि तपाइँ फिजिक्सको कक्षामा फर्केर सोच्नुहुन्छ भने तपाईलाई मेरो शब्दको मतलब बुझ्न सक्नुहुन्छ। मैले राम्रो “हाई-स्कूल फिजिक्स शिक्षक” पाएकोमा म भाग्यशाली थिएँ, जस कारणले मलाई भौतिक विज्ञान को प्रेममा फस्न लगायो, तर सबै भौतिकशास्त्रीहरू समान छैनन्। प्राय: जसो हामी आइन्स्टाइन जस्तै महानबाट दिईएका कागजातहरु/लेखहरू पढ्छौं, व्याख्यान सुन्छौं, त्यसबेला हामी अरू केहि भन्दा बढी अलमल्लनै हुन्छौं। 

कसरी संसारले काम गर्दछ भन्ने हाम्रो सरल धारणा तोड्डिनु, वास्तवमा बौद्धिक रुपले राम्रो हुन सक्छ।

त्यसैले मलाई लाग्छ तपाईंले साँच्चिकै Carlo Rovelli को “समयको क्रम” पुस्तक पढेर आनन्द लिनुहुनेछ। उनले विस्तार र खास उदाहरणका साथ सापेक्षताको अर्थ के हो भनेर वर्णन गरेकाछन्। यो सारांश पढिसकेपछि “समय” विषयको कुरा आउँदा तपाईं, तपाईंले चिन्नुहुने सबैसाथीहरु भन्दा चलाख/जानकार हुन जाँदै हुनुहुन्छ!

यहाँ केहि राम्रा विज्ञान पाठहरू छन्, जुन मैले यो पुस्तकबाट पत्ता लगाए:

  1. समय जताततै उही गतिमा सर्दैन र ताप बिना समय हुँदैन।
  2.  त्यहाँ केसहरू छन् कि: एकै ठाउँमा पनी समय एकै दरमा पारित हुँदैन।
  3. तपाईले देख्नु भएको सबै घटना, वस्तुहरू पनि हुन्।

पाठ १: हामीसँग ताप बिना समय हुँदैन, र समय सबै ठाउँमा उस्तै गतिमा बित्दैन।

सामान्यतया हामी साझा धारणाको सिकारभइरहेका छौं, यदि हामीले केहि निश्चित वस्तु र प्रक्रिया देख्यौं भने त्यो सत्य हो भनी मान्छौ। तर तपाईंको आँखाले तपाईंलाई सोचे भन्दा बढी धोका दिन्छ। तपाइँ एकल दृष्टिबाट, पृथ्वी सपाट/गोलाकार छ कि छैन भन्ने बारे तपाइँको विश्वासलाई विचार गर्नुहोस् !

समय यी चीजहरू मध्ये अर्को हो जुन हामीलाई लाग्छ हामीले बुझ्दछौं किनकि हामी यसलाई देख्न सक्छौं। हामी मान्दछौं कि यो जुनसुकै ठाउँमा एक समान रूपमा अगाडि बढ्दछ। तर यो पनि त्यस्तै विश्‍वास जत्तिकै झूटा हो,जसले अझै पनि पृथ्वी सपाट छ भनेर जोड दिन्छ।

सत्य यो हो कि समय एक पृथक गतिमा परिवर्तन हुन्छ, जुन तपाईं पृथ्वीमा कहाँ हुनुहुन्छ भन्नेमा निर्भर गर्दछ। म पहाडमा बस्दछु, जसको मतलब हो कि मेरा घडीहरू समुद्री सतहमा बस्ने मानिसहरू भन्दा चाँडो सर्दछन्। भिन्नता सूक्ष्म छ तर वास्तविक छ।

र, केवल समय मात्र त्यस्तो चीज होइन, जुन जहाँ तपाईं उपस्थित हुनुहुन्छ त्यहाँ निर्भर गर्दै ढिलो हुन्छ। अरू प्रक्रियाहरु पनि तपाईंको उपस्थितिमा निर्भर हुन्छ: उच्च उचाईमा बस्ने, म समुद्र स्तरमा बस्ने मेरा साथीहरू भन्दा अलि बढी उमेर जाँदैछु। मैले रोपेको  बोटहरू पनि छिटो बढ्दैछन्! 

अर्को शब्दमा, जहिले पनि तपाईं संसारमा जहाँसुकै जानुहुन्छ, समय फरक छ। यो आइन्स्टाइनको सामान्य सापेक्षता सिद्धान्तको मौलिक सत्य हो।

रोचक कुरा यो हो कि, समय ताप बिना असम्भव छ। यी दुबै मेकानिजमहरू मात्र अगाडि बढ्न सक्दछन्, बितेका समय भविष्यमा, र  तातो वस्तुहरूबाट चिसो वस्तुहरूमा।

हामी केवल परिवर्तन गरेर यी प्रक्रियाहरू छुट्याउन सक्छौं, जसलाई गति चाहिन्छ, र गति भनेको ताप/तापक्रम भिन्नता हो। त्यसैले  यदि तपाईले ताप हटाउनुहुन्छभने, केहि घटना/वस्तुहरू सर्दैनन्, र समयको उपस्थिति र महत्त्व हुदैन !

पाठ २: समय एकै ठाउँमा समान स्थानमा सर्दैन।

बीसौं शताब्दीको सुरूमा अल्बर्ट आइन्स्टाइनले पत्ता लगाए कि समय एकै स्थानमा बिभिन्न रूपमा बढ्दै जान्छ। उनले पत्ता लगाए कि कुनै वस्तु वा व्यक्ति कत्ति चाँडो अघि बढिरहेको छ त्यसले, ऊसले गरेको समयको महसुसलाई असर गर्छ।

यो यसरी सोच्नुहोस्। जब तपाईं छिटो बढ्दै हुनुहुन्छ, समय ढिलो हुन्छ। तर यदि तपाईं ढिलो यात्रा गर्नुभयो भने, तब समय द्रुत हुन्छ। खडा भएको व्यक्तिले गतिमा भयको व्यक्ति भन्दा चाँडो समयको अनुभव गर्दछ।

यसको मतलब यो हो कि “अहिले” के हुँदैछ भन्ने बारेमा तपाईंको धारणाले कुनै पनि अर्थ राख्दैन।

मानौं तपाईको एउटा भाई छ जो पृथ्वी ग्रहको चार प्रकाश-वर्ष टाढा छ। तपाईं उसको बारे सोच्नुहुन्छ र तपाईं उसको बारे जान्न चाहानुहुन्छ, त्यसैले तपाईं आफ्नो टेलिस्कोप बाहिर निकाल्नुहुन्छ र उसको ग्रह तिर हेर्नुहुन्छ।

 तपाईंले यस क्षणमा वास्तवमै के हुँदैछ भनेर देख्न सक्नुहुने छैन। तपाईंले चार बर्ष पहिलेको संस्करण देख्नुहुनेछ। त्यो किनभने एक प्रकाश वर्ष भनेको एक बर्षमा प्रकाशले कति लामो यात्रा गर्छ भन्नु हो। यसको मतलब जुन तपाईले देख्नु भएको छ यो चार वर्ष अगाडि भेेसकेको थियो। तरअहिलेको समयमा उसले के गरिरहेको छ भनेर पत्ता लगाउन सकिदैन, किनभने उसको वर्तमान तपाई जस्तो छैन। र पत्ता लगाउने कुनै तरिका पनि छैन ।जाब तपाईंले उता के भैरहेकोछ थाहा पाउनु हुन्छ तब, तपाईंको भाई पृथ्वीमा आइसकेको हुन सक्छ। किनकि, तपाईले उसको वर्तमान होइन, उसको विगतको प्रकाश प्रतिबिम्ब देख्नुभएको छ।

पाठ ३ : चुम्बन जस्तै चट्टानपनि घटना हो, कुनै चीज होइन।

पुरातन दार्शनिक हेराक्लिटसका अनुसार “जीवनमा एक मात्र स्थिर वस्तु भनेको परिवर्तन हो।”

i.e. परिवर्तन=constant= स्थिर

भौतिकविद्हरू पनि त्यस्तै सोच्दछन्, तर उनीहरूको लागि वस्तुहरू जस्ता कुनै चीजहरू छैनन्। वास्तविकतामा, सबै वस्तुहरूले केवल विभिन्न तराजूमा परिवर्तनको अनुभव गरिरहेको छ।

भौतिक विज्ञानको संसारमा, संस्था र पदार्थ फरक छैन। वैज्ञानिकहरू प्रक्रियाहरू र घटनाहरूमा बढी केन्द्रित छन्।

हाम्रो सम्पूर्ण विश्व र यसमा भएको सबै वस्तु नबदलिने/परिवर्तन नहुने होइन ,तर परिवर्तन स्थिर ( (constant in terms of change ) अवस्थामा छ। “चीजहरू” बीचको भिन्नता छुट्याउने एक मात्र तरिका उनीहरूको कति लामो समय उपस्थिति छन् भन्नु हो ।

उदाहरणका लागि चुम्बन स्पष्ट रूपमा एक घटना हो। यो केवल केहि सेकेन्डको लागि हुन्छ, अधिकतर समय। तर चट्टानहरु, अर्कोतर्फ, धेरै लामो समय सम्म, शताब्दीहरु सम्म हुन्छ। त्यसोभए, कसरी चट्टान पनि घटना हुन सक्छ?

उत्तर खोज्नको लागि, हामीले जुम-आउट गर्नुपर्नेछ र केही हजार बर्ष बितेको अवधारणाबाट चट्टानलाई हेर्नु पर्छ। यो अरू केहि रूपमा “सुरु भयो” र एक दिन फेरि धूलो हुन्छ। त्यसैले यो अर्को चट्टान वा संरचनाको भाग पनि हुन सक्दछ।अन्त्यमा हामिले जुम-आउट गरेर हेर्यौ (just think we are able to see everything fast and we see formation of mountains , then we see small process/घटना/event of rock formation, but not a “thing i.e rock”) भने हामिले एक घटना देख्छौ।

यसको मतलब यो छ कि “समय” को रूपमा हाम्रो परिभाषा वास्तवमा काम गर्दैन। त्यो किनभने तपाईं  एकै पटकमा विश्वभरको वर्तमानलाई परिभाषित गर्न सक्नुहुन्न। अन्तरिक्षमा प्रत्येक बिन्दु , सानो मात्रामा भए पनि, एक फरक समयमा छ ।

 

Spread the love

Leave a Reply

LweoNepal
%d bloggers like this: