LweoNepal

Summary of books in Nepali / “Educated” पुस्तकको नेपालीमा सारांश

Summary of the book “Educated” in Nepali

सारांश : Educated

१-वाक्य-सारांश:

Educated” पुस्तकले स्वतन्त्र र शिक्षित हुन को लागी “तारा वेस्टओभर “ले गरेको संघर्ष मार्फत तपाइँलाई प्रेरित गरी, तपाइँको स्कूली शिक्षा, स्वतन्त्रता र सामान्य सम्बन्ध कृतज्ञ बनाउन मद्दत पुर्‍याउँछ।

लेखकद्वार दिइएको मनपर्ने उद्धरण:

मैले पैसाको सब भन्दा शक्तिशाली फाइदाको अनुभव गर्न शुरू गरें : पैसा बाहेक अन्य चीजहरु पनि सोच्न सक्ने क्षमता।

Educated Summary

अमेरिकामा प्रायः बच्चाहरू प्रिस्कूल, एलिमेन्टरी स्कूल, उच्च माध्यमिक विद्यालय, र कलेज जान्छन्। तर तारा वेस्टओभरका लागि भने चीजहरू एकदम भिन्न देखिन्थ्यो।

उनी इडाहोको पहाडमा अस्तित्ववादी परिवारमा जन्मेकी थिइन। उनका बुबा एक धार्मिक कट्टरपन्थी थिए, जसले स्वास्थ्य सेवा प्रणाली र मुख्य धाराको शिक्षालाई वेवास्ता गर्ने चरम विचारहरू राखेका थिए। उनि doomsday prepper जस्तै थिए। त्यसै कारणले, तारा वेस्टओभर र उनका भाइबहिनीहरूले स्कूल जानको सट्टा आसन्न सर्वनाशबाट बच्नको लागि भण्डार स .्कलन गर्न, घरमा बसेर फार्मको वरिपरि मद्दत गर्नु पर्थ्यो।

तारा अन्ततः कलेज गइन्, र क्याम्ब्रिज विश्वविद्यालयबाट  डॉक्टरेट डिग्री पनि हासिल गर्न सफल भइन्। “शिक्षित: एक संस्मरण” पुस्तकमा, उनले  शिक्षा प्राप्त गर्नको लागि आफुले गरेको लामो, कठिन र प्रेरणादायक यात्राको बखान गरेकि छिन्।

यहाँ केहि राम्रा चाखलाग्दो पाठहरू छन्, जुन मैले यो पुस्तकबाट पत्ता लगाए:

  1. तारा वेस्टओभर इडाहोको एक अस्तित्ववादी परिवारमा हुर्किन उनि संग कुनै शिक्षा थिएन
  2. बिस्तारै, उनी आफ्नो बाल्यकालको असफलताहरूलाई जित्न सफल भइन् र कलेजमा छिरिन्, जहाँ उनलाई अचम्मका अवसरहरू मिले।
  3. अन्ततः उनलाई आफ्नो परिवारबाट टाढा रहेर शिक्षा पुरा गर्ने गाह्रो निर्णय लिनुपर्र्‍यो।

पाठ १: तारा कट्टरपन्थी परिवारमा हुर्केकी थिइन, र उनिसंग होमस्कूलिंग र वास्तविक-विश्वको अनुभव थोरै थियो ।

ताराको घर ईडाहोको पहाडहरूमा off-the-grid  परिवारमा भएको थियो। उनकी आमा जडिबुटी औषधि बनाउथिन् र उनका बुबा फार्म चलाउँथे। उनको बुबाका विचारहरू चरमपन्थी र खतरनाक थिए।

उनको बुबाको सोच अनुसार सार्वजनिक विद्यालयहरूले केवल बच्चाहरूको ब्रेनवाश गरेको थियो, र उनी र उनका भाइबहिनीहरू “होमस्कूलिलिङ गरिरहेका थिए।”

यद्यपि उनको पारिवारीको जीवनमा त्यो मात्र अनौंठो भाग थिएन। उनको बुबा धेरै जसो विश्वासहरुमा चरम थिए। उनी अस्पताल वा आधुनिक औषधिमा विश्वास गर्दैनथे, त्यसैले तारा पनि घरमानै जन्मेकि थिइन्। परिवारका सदस्यहरूले  विस्फोटबाट जलेको वा मस्तिष्क आघात सबै कुराका उपचारको लागि  जडिबुटी औषधिमा मात्र भर पर्नु पर्थ्यो।

उनका भाइबहिनीहरूसँग घनिष्ठ सम्बन्ध थियो, यद्यपि उनका एक भाइ “स्वान” ले कहिलेकाँहि उनलाई  मौखिक र शारीरिक आक्रमण गर्ने गर्थे, तर उनका आमाबुबाले कहिलै हस्तक्षेप गर्थेनन्। उनको दाई “टाइलर”ले पढ्नमा मिहेनत गरेकाले उनि कलेजमा भर्ना हुन सक्षम भए। यस घटनाद्वार उनलाई थप अध्ययन गर्न प्रेरणा मिल्यो।

पाठ २: जब उनी वास्तविक संसारमा छिरिन्, अन्ततः उनले आफ्नो दुर्व्यवहार गर्ने परिवारबाट छुट्कारा पाइन् र उत्कृष्ट शैक्षिक अवसरहरू प्राप्त गरिन्।

उनीले विवाह गरेर घरजम जर्ने बुबाको कुरासँग सहमत हुनुको सट्टा, शिक्षा जारी राख्रने निर्णय गरिन् । उनले ब्रिघम युवा युनिभर्सिटीमा जानको लागि पर्याप्त अंक प्राप्त गर्न स्वयं व्याकरण र गणित पढ्ने अथक प्रयास गरिन। जब उनीलाई विश्वविद्यालयले स्वीकार्यो, उनको बुबाले उनलाई रोक्न कोसिस गर्नुभयो, तर सक्नुभएन।

विश्वविद्यालय उनको लागि एक फरक वातावरण थियो। ग्रामीण आईडओ गाउँ भन्दा फरक, प्रोभो एकदम ठुलो शहर थियो, र उनको रूममेटहरूले काँध देखाउँदै आइतबारे किनमेल गरेको देखेर ‍उनि छक्क पर्थिन।

जब उनी आफ्नो जीवनमा पहिलो पटक डाक्टरको सामु गईन्, उनले छक्क परेर यो कुरा थाहा पाइन् कि ,उनको बुबाद्वार दिइएको  सिकाइ अनुसार अस्पताल त्यति डरलाग्दो ठाउँ रहेनछ । यी अनुभवहरूद्वार उनले आफ्नो पूर्व वास्तविकता र, आफु र बाँकी संसारको बीचमा रहेको अन्तरको महसुस गरिन्।

तर ताराको लागि अर्को ठूलो बादा कलेजको शिक्षा प्रणाली थियो। तर उनीले हार मानिनन्। तारा कडा अध्ययन गरी, राम्रो ग्रेड प्राप्त गर्न थालिन्, र आफ्नो प्रोफेसरहरु लाई बौद्धिक प्रभाव पार्न थालिन्।

उनको कडा मेहनतको फलस्वरूप उनलाई क्याम्ब्रिज विश्वविद्यालयमाअनुसन्धान गर्न प्रस्ताव राखियो । त्यहाँ उनले प्रोफेसरलाई प्रभावित गरि्न र उनीलाई डाक्टर बन्ने कार्यक्रम (doctoral program)मा पनि भर्ना गरियो।

पाठ ३: उनलाई शिक्षा पूर्ण गर्नका लागि आफ्ना बाबुआमासँगको सम्बन्ध तोड्ने जस्तो गाह्रो निर्णय गर्न बाध्य पारियो।

ताराले क्याम्ब्रिजमा सफलता हासिल गरिन्।

उनी विशेष गरी नारीवाद र उनीसँग हुर्केका धेरै कट्टरपन्थी विश्वासहरूको बारेमा सिक्न रमाउथिन्। तारालाई उनको बुबाले “महिलाहरू आज्ञाकारी र त्यागी  हुनुपर्दछ” भन्दै हुर्काउनुभयको थियो। उनी सधैं महिलाको बारेमा चिन्तित थिइन्।

घरमा, चीजहरू बिग्रँदै थिए। उनकी बहिनीले उनलाई (तारालाई) भनिरहेकी थिइन कि उनका भाई “स्वान”ले बहिनीलाई हिंस्रक आक्रमण गरे। “स्वान”को धम्की झन् झन् बढ्दै थियो। तर आमाबुबाले स्वानलाई केहि गरेनन्।

जब ताराले हार्वर्ड मा एक “visiting fellowship” title जीतिन्, उनको आमा बुबा  केहि समय उनि संगै बस्न पाउने अवसर मिल्यो। उनको परिवार हार्वर्डआएर बस्न थिलेको केहि समय पछि, उनका बुबाले उनलाई एउटा निर्णय छनौट गर्न लगाए:

  1. घर आऊने, वा

2.परिवारलाई छाड्ने

यसअवस्थाको कारण, उनी आफ्नो डक्टरेट शोध प्रबंध पूरा गर्न असमर्थ हुन लागेकि थिइन् । तर उनले उनको आत्माशक्ति र ध्यान द्वार डक्टरेट शोध प्रबंध पूर्ण गरीन्। डा. तारा वेस्टओभरले बितेको सालमा उनका आमाबाबुसँग, अहिले सम्म कुराकानी गरेकि छैनन्।

उनीले अन्तमा आफूले आफूलाई भेट्टाएकी महसुस गरेकि छिन्।

 

Spread the love

Leave a Reply

LweoNepal
%d bloggers like this: