Summary of books in Nepali / “Own Your Everyday”पुस्तकको नेपालीमा सारांश
Summary of the book “Own Your Everyday” in Nepali
सारांश: Own Your Everyday
१-वाक्य-सारांश:
“Own Your Everyday” पुस्तकले तपाइँलाई तुलना, तनाव र अलमल्याउने कुराहरूलाई कसरी छोड्न सकिन्छ भनेर देखाउँदछ, ताकि तपाइँले आफ्नो जीवनको उद्देश्य पत्ता लगाएर, र लेखक Jordan Lee Dooleyको अनुभवहरूबाट प्रेरणादायक पाठहरू सिकेर, थप परिपूर्ण जीवन बिताउन सक्नु हुनेछ।
लेखकद्वार दिइएको मनपर्ने उद्धरण:
योजना बनाउनमा बुद्धिमत्ता छ।
यहाँ केहि प्रेरणादायक पाठहरू छन्, जुन मैले यो पुस्तकबाट पत्ता लगाए:
- आफ्नो समस्याहरूको जड पत्ता लगाउन छ भने गहिरो डुबुल्की लगाउनु आवश्यक हुन्छ।
- योग्यता प्रदर्शनीको दबाव हटाउनु आवस्यक, यसका लागिआफूलाई अरूसँग तुलना गर्ने बानी हटाउनु पर्छ।
- ध्यान विचलित हुनबाट बच्नको लागि, 10-10-10 नियम हेर्नुहोस्।
के तपाइँ केही जीवन प्रेरक पाठहरूको लागि तयार हुनुहुन्छ ? आगाउनुहोस्, यस किताबमा प्रवेश गरौं र केहि प्राप्त गरौं !
पाठ १: यदि तपाईं अन्ततः आफ्ना समस्याहरू समाधान गर्न चाहनुहुन्छ भने, तिनीहरूको वास्तविक जरा उजागर गर्न गहिराइमा डुबुल्की मार्नुहोस्।
के तपाईंले कहिल्यै आफ्नो निधारमा ठूलो (खत/खत)को कारणले अप्ठ्यारो महसुस गर्नुभएको छ? सायद यो तपाइँको किशोर अवस्थाको लागि सामान्य घटना हो। तर लेखकको भने वयस्कता/adulthood सम्म पनि डण्डीफोर थियो।
एक्ने को प्रकोप उनको लागी लाजमर्दो थियो र यो एक समस्यामा तब प्रस्तुत भयो, जब उनी आफ्नो काम को लागी क्यामेराअगाडि हुन आवश्यक थियो। उनले मेकअपको साथ यी अपूर्णताहरू ढाक्न खोजिन। तर बिस्तारै, यो झन झन खराब हुँदै गयो, अन्ततः उनको छालामा झन पीडादायी डण्डीफोरको breakout भयो।
डाक्टरमा जाने असज-पनलाई पराजित गर्नु गाह्रो थियो, तर Dooleyले अन्ततः उनले एक्नेको बारेमा सत्य पत्ता लगाउन मात्र असज-पनबाट माथि उठिन्। अप्रत्याशित रूपमा, उनले त्यस घटनाबाट जिवनको बारेमा गहन सत्य पाइन।
डाक्टरले उनीलाई भने कि मेकअपको साथ डण्डीफोर लुकाएर चीजहरू झन् खराब बनाउँदैछ। समस्याको मूल जड मेकअपले मात्र लुकाउन सक्ने जस्तो थिएन।
डुलेले तुरुन्तै महसुस गरे कि उनको डण्डीफोर हाम्रो अपूर्णताहरू/त्रुटिहरू जस्तै हो। उनको मेकअपले यसलाई कभर गर्नु भनेको हामीले आफ्ना कमीकमजोरीहरू लुकाउन कोसिस गरेको जस्तै हो। र डण्डीफोर जस्तै, यसो गर्ने तपाईंको बानीले तपाईंमा भएको असुरक्षाहरू/ insecurities बडाउँदछ र तपाईंलाई तपाईंको पूर्ण क्षमतामा पुग्न रोक्दछ।
पाठ २: आफूलाई अरूसँग तुलना गर्न रोक्नुहोस् र तपाईं कम तनावग्रस्त हुनुहुनेछ।
कति पटक तपाई Social Media स्क्रोल गर्नुहुन्छ, केवल पछि उदासिन महसुस गर्नका लागि? तपाईले देख्नु भएको सबै मानिसले अचम्मका कामहरू गरिरहेका छन् र तपाईले सोच्दै बस्नुपर्छ कि, किन तपाईले त्यस्तो गर्न सक्नुहुन्न। तपाईं चिन्तित महसुस गर्नुहुन्छ कि यदि तपाईंले थोरै मेहनत अझै गर्नुभयको भए तपाईंको जीवन राम्रो हुन सक्थ्यो।
यसलाई comparison/तुलना प्रेरित pressure/दबाव भनिन्छ, र यो त्यस्तो चीज हो जसबाट तपाईंलाई छुटकारा चाहिन्छ। सबै जनाले सोशल मिडियामा के पोष्ट गर्दैछ भनेर जाँच्दै गर्दा तपाईले अनुभव गर्नुभएको चिन्ता र असुरक्षा तपाईको लागि राम्रो छैन। तर यसबाट बाहिरिनु गाह्रो छ।
लेखकलाई यसको बारेमा थाहा छ, विशेष गरी जब उनी जिम गर्छिन्। ट्रेडमिलमा हुँदा, उनी प्राय: आफ्नो गति आफ्नो वरिपरिकासँग तुलना गर्दछिन। तर जसरी ट्रेडमिलमा चल्दा तपाई तपाईं कतै पुग्नुहुन्न, त्यसरिनै सोशल मिडियामा कसले के पोष्ट गर्दैछ भनेर जाँच्दै गर्दा पनि तपाईं कहिलै आफ्नो गन्तब्यमा पुग्नु हुदैन।
यसको सट्टामा, तपाईले आफ्नो उद्देश्यमा आफूलाई पुनः केन्द्रित गरेर तुलना-प्रेरित तनावलाई हराउनु पर्छ।
एक चोटिआफुले आफैलाई सोध्नुहोस्, किन तपाईं gym जाँदै हुनुहुन्छ। के यो तपाइँको वरपरका मानिसहरूसंग “रेस” गर्ने हो? होईन, तपाईं त्यहाँ फिट हुन र आफ्नो लक्ष्य हासिल गर्न को लागी जानुहुन्छ!
साथै, जब तपाईं ईर्ष्यालु हुने प्रलोभनमा पर्नुहुन्छ, प्रत्येक पटक आनन्दित विचारहरूमा focous गर्नुहोस् ।
पाठ ३: ध्यानभंग हुनुकोको भबितब्य परिणामहरू फेला पार्नको लागि, १०-१०-१० नियमको प्रयोग गर्नुहोस्,ताकि तपाईंले तिनीहरूलाई हराउन सक्नुहुनेछ।
पछिल्ला दुई वर्षहरूमा, मैले एक दर्जन वा बढी भिन्न स्नातक कार्यक्रमहरू फेला पारे जुन मैले पुरापुर सक्ने खालका थिए। मैले बहु अनलाइन कोर्सहरू पनि खरीद गरें, जस मध्ये धेरै मैलेअहिले सम्म समाप्त गरेको छैन।
यति धेरै जानकारीहरू उपलब्ध भएको समयमा बस्ननु हाम्रोलाई राम्रो देखिन्छ तर त्यसमा लुकेको खतराहरु पनि छन्। यी सबै अवसरहरूले सही छनौट गर्न वास्तवमै गाह्रो बनाउँदछ, जुन कारण उद्देश्यको जीवन बिताउन पनि गाह्रो हुन्छ।
यस्ता समस्यालाई हराउन, चीजहरू सूचीबद्ध गर्न सुरू गर्नुहोस् जसले प्राय जसो तपाईंलाई विचलित गर्दछ। के तपाईसँग लामो दिन पछि केहि कुरो नाइँ भन्न गाह्रो हुन्छ? यी बारे जान्नु महत्त्वपूर्ण छ किनकि तपाईं जति धेरै विचलित हुनुहुनेछ, तपाईंको जीवनमा अर्थपुर्ण जिवनको कमि हुन्छ।
तपाईले एकचोटि तपाइँको समय बर्बाद जाने कारण थाहा पाउनु भएपछि, १०-१०-१० नियम प्रयोग गर्नुहोस् जुन लेखक सुजी वेलचले पहिलो चोटी ल्याएका थिए।
जब तपाइँले आफुले गर्नु पर्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ,तब निम्न समय-अवधाहरूमा त्यो विकल्पका नतिजा बारे सोच्नुहोस्:
- 10 minutes
- 10 weeks
- 10 years
यो तुरून्त उत्तम छनौट गर्न सजिलो तरिका हो।
उदाहरण को लागी, स्वतन्त्र व्यवसाय सुरू गर्न तपाईको सोशल मिडिया खातामा ब्लग पोष्ट राख्ने विचार गर्नुहोस्। १० मिनेटमा यसले तपाईलाई आनन्द नदिन सक्छ, तर १० हप्ता वा १० बर्ष पछि तपाईलाइ लाग्छ ब्लग पोष्ट बनाउनु फाइदाजनक हुन्थ्यो र तपाईं आफ्नो पोष्ट लेख्ने व्यवसाय फस्टाउन सक्नु हुन्थ्यो।
त्यसैले, निर्णय लिनु अघि यसको नतिजाबारे सोच्नु राम्रो हुन्छ।
Think about the consequences, before you take Decision.