Summary of books in Nepali /”13 Things Mentally Strong Parents Don’t Do” पुस्तकको नेपालीमा सारांश
Summary of the book in Nepali /”13 Things Mentally Strong Parents Don’t Do” पुस्तकको नेपालीमा सारांश
सारांश: १३ कुरा जुन मानसिक रूपमा बलिया आमाबाबुले गर्नुहुन्न
१-वाक्य-सारांश:
13 Things Mentally Strong Parents Don’t Do पुस्तकले आमाबाबुलाई उनीहरूको बच्चाको शैक्षिक, व्यवहार र भावनात्मक सफलताको लागि बाधा हुनबाट रोक्न, उनीहरूमा सही सोच तथा बानीहरूको विकास गराउने तरिकाहरू सिकाउछ।
लेखकद्वार दिइएको मनपर्ने उद्धरण:
मनोभाव कसरी प्रबन्ध गर्ने र अप्रिय भावनाहरू सहन कसरी सिक्ने जस्ता सीपहरु यस्ता सीप हुन्, जुन् सिकाएर सिक्न सकिन्छ।
सबैजना आफ्ना बच्चाहरूको लागि राम्रो चाहन्छन्। आजकल, अभिभावक्तो भनेको थोरै निर्वाह गर्दा भन्दा बढी गर्यो भने समस्या हुन्छ। हामी सबैले यस्ता अभिभावकहरुलाई चिन्छौं, जसले आफ्ना बच्चाहरूको हर चालको निगरानी गर्छन् र अन्तत जति सुकै रिसाउने र झगडा हुने भएपनि उनीहरूलाई
खतराबाट बचाउन उनिहरुको हरेक चालमा झुन्डिरहेका हुन्छन्।
यस प्रकारका अभिभावक्तोको निभाउने व्तक्ति यस्ता मानिस हुन्, जो आफ्नो जीवनको चुनौतीहरू सम्हाल्न असमर्थ हुन्थे। त्यसोभए हामी कसरी यस्तो खालको अभिभावक्तो अपनाउनबाट जोग्गिन सक्छौं?
इन्टरनेटमा प्यारेन्टिंगको बारेमा “How to” पुस्तकहरूको कुनै कमी छैन। तर Amy Morin, मनोचिकित्सक र 13 Things Mentally Strong Parents Don’t Do पुस्तकको लेखकका तर्कहरू यति महत्त्वपूर्ण छ कि हामीले आफ्ना बच्चाहरूलाई कस्ता शिक्षा/बानी सिकाउनु हुन्छ वा हुँदैन भनेर
व्यावहारिक ज्ञान जान्न/थाहा पाउन सक्छौ। यदि हामी हाम्रा बच्चाहरू मानसिक रुपले बलियो चाहन्छौं भने पहिले आफ्नै अप्रासंगिक व्यवहारहरू हटाउनु पर्छ र आफ्नो मानसिक्ता सुधार्नु पर्छ।
यस पुस्तकमा, Morinले यस्ता सामान्य Parenting तरिकाका साझा गरेकिछिन् जस कारण बच्चाहरुको प्रगतिलाई रोक लागेको छ र उनले यस पुस्तकमा यसको सट्टामा के गर्नु पर्छ भनेर पनि सिकाएकि छिन्।
यहाँ व्यावहारिक र उपयुक्त Parenting पाठहरू छन् जुन यस पुस्तकले सिकाउँछ:
- एक पीडित मानसिकताको सट्टा जिम्मेदारी र लगनशील हुन प्रोत्साहित गर्नुहोस्।
- यो आशा नगर्नुहोला कि तपाईका बच्चाहरुले आफुले चालेका गलत कदमबाट उठेर चाडैनै प्रगति गर्ने छन्।
- मानसिक रूपमा बलियो आमाबाबुले केवल ती कार्यहरु गर्छन् जुन उनीहरूले सिकाउने ज्ञानसँग मेल खान्छ।
पाठ १: तपाईंको बच्चालाई पीडित हुनु भन्दा जिम्मेवार र लगनशील बन्न सहयोग गर्नुहोस्।
बच्चाहरूलाई सिकाउने सबै भन्दा उत्तम तरिका उदाहरणबाट हो। यदि तपाईं आफ्नो बच्चालाई मानसिक रूपमा बलियो चाहानुहुन्छ भने, तपाईंले उनीहरूलाई देखाउन सुरु गर्नु पर्छ कि बलियो मानसिकता कस्तो हुन्छ। तपाईंले कमजोर मानसिकतालाई निरुत्साहित गर्नुपर्दछ।
यो स्वाभाविक हो कि हामी आफ्ना बच्चाहरूलाई खतराहरुबाट जोगाउन चाहन्छौं र उनीहरूमाथि अन्याय हुँदा उनीहरूको रक्षा गर्दछौं। तर तिनीहरूलाई परिस्थितिको शिकारको हुनुको सट्टा जीवनका चुनौतीहरूसँग कसरी सम्झौता गर्ने भनेर सिकाउन महत्त्वपूर्ण छ।
मोरिनले १४ बर्षे कोडी नाम गरेको बिरामीको उदाहरण साझा गरे जो उनको ADHD (Attention deficit hyperactivity disorder) ध्यानाभाव एवं अतिसक्रियता विकार को उपचार गर्दै थिए।
उनका शिक्षकहरूले भने कि त्यस चिकित्साले उनलाई ध्यान दिन र शान्त हुन मद्दत पुर्यायो, तर उसको ग्रेडमा सुधार भने आएको आएन।उनका अन्य अभिभावकहरूले मोरिनलाई अन्य विद्यार्थीहरूको तुलनामा कम काम दिइन्छ भनेर यस घटनामा प्रतिक्रिया दिए।
तर समस्या उनको कामको बोझमा थिएन – यो वास्तवमा सिकाईएको असहायताको परिणाम हो। उनका अभिभावकहरूले उसको ADHDले उसलाई अक्षम बनाएको भन्ने धारणा उसको मनमा बसाल्दिनु भयो, त्यसैले उसले विश्वास गर्न थाल्यो कि उसले यस बारे केही पनि गर्न नसक्ने छ। जब उनीहरूले समस्या चिने र उसलाई यो महसुस गर्न मद्दत गरे कि उ यो पढाइको जिम्मेवारी सम्हाल्न सक्षम छ, उसले प्रयास गर्न शुरू गर्यो र आफ्नो ग्रेड सुधार्यो।
जब अभिभावक मानसिक रूपले बलियो हुन्छन्, उनीहरू बच्चाहरूलाई जिम्मेवारी लिनबाट लजाउन दिदैनन्।उनीहरूको समस्याको लागि अरूलाई दोष दिन दिनुको सट्टा आफ्नो बच्चालाई उत्तरदायी बनाउनुहोस्। थप , उनीहरूलाई सँधै हस्तक्षेप गर्नुको सट्टा आफै द्वन्द्वको समाधानको लागि अभ्यास गर्न प्रेरित गर्नुहोस्, किनकि यसले उनीहरूलाई अरूलाई दोष दिनुका सट्टा मिहिनेति र आत्मविश्वासी हुन प्रेरित गर्दछ।
पाठ २: पूर्णताको आशा नगर्नुहोस् र प्रत्येक पटक, गडबडी गर्दा मद्दतको लागि कदम चाल्नुहोस्।
धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई आफुको सस्क्रमण/Extensionको रूपमा हेर्छन्। धेरैले गुप्त रूपमा आशा गर्दछन् कि यदि उनीहरूका बच्चालई आफुले गर्न नसकेको चीजहरूमा सफल हुनको लागि प्रोत्साहित गर्यो भने, उनिहरुको पुरानो घाउहरू सुधार्न मद्दत गर्न सक्दछन्। तर तपाईंको बच्चाहरूलाई पूर्णताPerfectionमा धकेल्नु उनीहरूको मानसिक स्वास्थ्यको लागि खराब छ। जब तपाईं पूर्णता अपेक्षा गर्नुहुन्छ, तिनीहरूले विश्वास गर्न सुरु गर्दछ तपाईंको प्रेम सशर्त हो र तपाईंले गल्ती गर्नुभयो भने तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुने छैन।
यदि तपाईं चाहानुहुन्छ कि गल्तीहरूले उनीहरूको आत्म-मूल्यको भावनालाई नष्ट नगरोस् भने, तिनीहरूलाई पूर्णता भन्दा उत्कृष्टता हासिल गर्न मद्दत गर्नुहोस्। निश्चित गर्नुहोस् कि तपाईं धेरै आलोचना गर्नुहुन्न। Morin भन्छिन तपाईं उनीहरुलाई प्रशंसा-आलोचना-प्रशंसा स्यान्डविच को प्रस्ताव राख्न सक्नुहुन्छ। यो यस्तो हुन सक्छ, “खेल कोठा सफा गरेकाले प्रशंसा ! मैले याद गरें कि तिमिलेले केहि ब्लक छुटायछौ भनेर आलोचना,र तर तिमिले Kitchen पनि सफा गरेछौ नि भनेर फेरि प्रशंसा।”
जब हामी पूर्णताको अपेक्षा गर्छौं, यसले व्यवस्थापनमा कम लाग्नने र Step हरु नाघ्नमा प्रेरित गर्दछ, जसले बच्चाहरूले गल्ती गर्दा पछाडि कसरी सर्ने भनेर सिक्दैनन्। Helicopter Parentingले बच्चाहरूलाई वयस्कतामा कसरी निर्णय गर्ने भनेर जान्न अबरोध गर्दछ र आफ्नै आवश्यकताहरूको ख्याल राख्न संघर्ष गर्नु पर्छ। यी बच्चाहरूको मानसिक स्वास्थ्यमा तथा शारीरिक स्वास्थ्य समस्याहरू देखिन्छ, र मनोरन्जनकारी Drugs गर्ने बढी सम्भावना हुन्छ।
पूर्णताको अपेक्षा गर्नुको सट्टा, उनीहरूलाई सिक दिँदा, उनीहरूलाई उनीहरूको समस्याहरूलाई कसरी जित्ने बनेर सिकाउनुहोस्। तपाईको बच्चाहरु संग कुरा गर्नुहोस्, जब तपाई असफल हुदा तपाई कसरि निको पार्नु भयो, ताकि तिनीहरूले देख्न सक्नेछन् कि कोही पनि पूर्ण छैनन्, र अपूर्णता ठीक छ।
पाठ ३:मानसिक रूपमा बलियो आमाबाबुले केवल ती कार्यहरु गर्छन् जुन उनीहरूले सिकाउने ज्ञानसँग मेल खान्छन्।
अभिभावकको रूपमा, हामी दिनदिनै हामीले सामना गर्ने समस्याहरूको बीचमा फस्छौं। तर कति पटक हामी पछाडि फर्कन्छौं र सोच्दछौं कि, आफुले जिवनमा गल्तिहरुबाट सिक लिदै, आफ्नो बच्चालाई पनि ति पाठ सिकाउन सक्छौ ? मोरिनले Kyle नाम गरेको 15 बर्षे विद्यार्थीको कथा साझा गर्छिन् जसलाई उन्नत स्कूलको कार्यक्रमबाट बाहिर निकालियो, जब Kyle Cheating गर्दै गर्दा पक्राउ पर्यो। उसको आमाबाबुले बुझ्न सकेनन् कि कहाँ उनिहरुले गरेको Parentingमा के गल्ति भयो, र उ Cheating गर्न किन प्रेरित भयो।
Kyle का अभिभावकहरूले उसको शैक्षिक प्रदर्शनलाई सबभन्दा माथि पुर्याएका जस्तो देखिन्थ्यो, र उनीहरू साथीहरू र परिवारलाई प्राय: उसको उपलब्धिहरूका बारेमा प्रशंसा गर्थे। काइलले विश्वास गर्थो कि, उनीहरुको प्रतिष्ठा र ग्रेड चरित्र वा ईमानदारी भन्दा बढी महत्वपूर्ण छ। थेरापीमा उनीहरूले बुझे कि तिनीहरूले वास्तवमै सन्देश पठाएको हो कि जे भए पनि असफल हुनबाट जोगिनु पर्छ।
️यस उदाहरणले स्पष्ट पार्दछ कि, यो महत्त्वपूर्ण कुरा हो कि तपाईंले आफ्नो बच्चामा सम्मिलित गर्न खोज्नु भएको ज्ञानलाई, दैनिक जीवनमा जोड दिनु महत्त्वपूर्ण हुन्छ, र तपाईं यो अझ राम्रो संग गर्न सक्नु हुन्छ, जब ति ज्ञानका बारे बोल्नु भन्दाा बडि अभयास गरउनु हुन्छ। 2014 मा गरिएको सर्वेक्षणमा 80 प्रतिशत किशोर-किशोरीहरूले विश्वास गरे कि उनीहरूका बाबुआमाले दयालुतालाई भन्दा बढी उपलब्धिलाई प्राथमिकतामा दिए।
एउटा तरिका: तपाईं निश्चित गर्न सक्नुहुनेछ कि, बच्चाहरूलाई कस्ता मूल्य/मान्यता र शिक्षा हरू महत्त्वपूर्ण छन् भनेर थाहा पाउने गरि पारिवारिक Mission बनाउनु होस्। र सबैको निवेशको साथ, तपाईंको परिवारलाई लाग्ने महत्वपुर्ण मान मर्यादाहरु को बारेमा छोटो वक्तव्य बनाउनुहोस्। र यसलाई परिवारका सबै सदस्यहरुले देख्ने गरि कतै पोस्ट गर्नुहोस् ।
तपाईंले आफ्नो बच्चाहरुमा जीवनको प्रारम्भिक मूल्यहरू बसाल्न, आफुले किन साम्प्रदायिक रूपमा राम्रा कामहरू गर्दै हुनुहुन्छ भनेर बुझाउँदै लैजानुहोस्। उदाहरण को लागी: तपाईं वर्णन गर्न सक्नुहुनेछ कि तपाईंले बिरामी छिमेकीको लागि खाना बनाइरहनुभएको छ किनकि दया/सहायता गर्नु महत्त्वपूर्ण हुन्छ, यसले एक असल सम्बन्ध र वातावरण शिर्जना गर्छ। तपाईंको उदाहरणको माध्यमबाट तपाईंको बच्चाले यो सिक्न सक्छन् कि हामीले हाम्रो वरिपरिको संसारलाई राम्रो ठाउँ बनाउन, आफै संग भएका चीजहरूको प्रयोगले पनि सक्छौ।