LweoNepal

The Barefoot Investor- नेपालीमा सारांश-summary of books in nepali

Summary of the book in Nepali /The Barefoot Investor पुस्तकको नेपालीमा सारांश

Introduction:

सामान्यतया, Barefoot Investभन्नाले पैसा बचतको सुव्यवस्थित तरीकाबारे जनाउछः आफ्नो दैनिकिका लागि थोरै बजेट setup नगरी नै बचत गर्ने तरिका।Barefoot Investorहरुको अवधारणा भनेको पैसालाई स्वचालित रूपमा सार्नको लागि गरिने तपाईंको प्रत्यक्ष ऋणहरूको set-up हो। त्यसैले, यो बचत गर्ने नयाँ-युग तरीका पनि हो।

Summary in English 

१-वाक्य-सारांश:

“बेयरफुट इन्भेष्टर” पुस्तक एक अष्ट्रेलियाको फार्ममा काम गर्ने केटाले दिएको सिधा र प्रभावकारी गाईड हो, जसमा व्यक्तिगत वित्तको जिम्मेदारी लिनका लागि साधारण प्रणाली भनेको ऋण कम गर्ने बानि हो भन्दै, अहिलेको जीवनमा कसरी बस्ने र रमाउने भन्ने तरिकाहरु पर्स्तुत गरिएका छन्।

Barefoot Investor Video

लेखकद्वार दिइएको मनपर्ने उद्धरण:

प्रकृतिको सजिलो नियम छ, बिउ : रोप, बडाउ र उपयोग गर। यो नियम तपाइँको पैसा संग पनि लागु हुन्छ।लगानि नगरि वा धन नबडाई खर्छ नगर्नुहोस्। बचत र लगानि गर्न सिक्नुहोस्।

barefoot investor summary in nepali

“Money may not make you happy, but the research shows that not being in control of your finances will make you very unhappy.”

प्रत्येक देशमा आ-आफ्नो तरिकाले पैसा बचाउन विज्ञ मानिसहरु हुन्छन्। अष्ट्रेलियामा भने Scott Pape छन्, जसलाई Barefoot Investor पनि भनिन्छ। उनि एक फार्मका काम गर्दै  हुर्किए, जहाँ उनले साधारण जीवनलाई प्रेम गर्न सिके।

आफुले बुझ्दै आएको स्वतन्त्रतालाई कायम राख्नको लागि उनले स्टक बजारमा आफ्नो क्यारियर शुरू गरे, तर द्रुत रूपमा महसुस भयो वित्तको अर्थ केहि राम्रो स्टकमा लगानि रोज्ने, कार्य भन्दा धेरै जटिल थियो। त्यस कारण, उनले खस्किएको उद्योगलाई समाल्न लागे, जुन उनकै व्यक्तिगत उद्योगःफार्म हो।

आज उनी अष्ट्रेलियाको सबैभन्दा विश्वासिलो वित्त विशेषज्ञ छन्, प्रायः राष्ट्रिय टिभीमा बोल्छन्, सरकार र विश्व स्तरीय खेलकुद टोलीलाई सल्लाह दिएका छन्, र फेरि एक चोटिः उनि अहिले पनि आफ्नी श्रीमती र बच्चाहरु संग फार्ममानै बस्छन्।

The Barefoot Investor  उनको विस्तृत गाईड हो, जसको प्रकाशन पछि 400,000भन्दा बढी प्रतिहरू बिक्रि भयो। तीन भागहरुः रोपण, विकास, र फसल कटाई मा उनले आर्थिक स्वतन्त्रताको लागि तपाइँले लिन सक्ने नौ कदमहरू साझा गरेका छन्। यो हाम्रो 14 सर्वश्रेष्ठ फाइनान्स पुस्तकहरू मध्ये एक हो जुन हामीले यो साइटमा राखिरहैका छौ।

यहाँ केहि पाठहरू छन् जुन मैले सबैभन्दा महत्त्वपूर्ण रहेको देख्छु:

  1. बिभिन्न बैंक खाताहरू प्रयोग गरेर तपाईंको पैसाको व्यवस्थापनलाई सरल बनाउनुहोस्।
  2. पहिले तपाइँको क्रेडिट कार्डहरू भाँच्नुहोस्, र त्यसपछि तपाइँले लिएका ऋण तिर्न थाल्नुहोस्।
  3. अनुक्रमणिका कोषमा लगानि गरि तपाइँको सेवानिवृत्ति योजना स्वचालित बनाउनुहोस्।

आउनुहोस्, आज हेरौँ तपाईंको वित्त सुधार गर्न तपाईंले कुन-कुन व्यावहारिक कदम चाल्न सक्नुहुन्छ।

पाठ १: बहु बैंक खाताहरु मार्फत तपाईंको पैसा प्रबन्ध गर्नुहोस्।

धेरै जोडीहरूमा, पुरुषहरु परिवारको आर्थिक व्यवहार सम्हाल्न मन पराउँछन्। चारै तिर पैसा सार्दा/ चलाउदा शक्तिशाली महसुस हुन्छ, चाहे तपाईं बायाँबाट दायाँ वा अजाडिबाट पछाडि थोरै थोरै ड्रिब्लिंग गर्दै हुनुहुन्छ। चाहे परम्परागत लैंगिक भूमिका लागू होस् वा नहोस्, तपाईं वा तपाईको पार्टनरले spreadsheets, बजेट र लगानी बारे ज्ञान र चासो नहुन सक्छ, वा vice versa.

जे होस्,  Scottले व्यक्तिगत वित्तको बारेमा बुझेको पहिलो चीज यो हो कि: दुवै आमा र बुबा यसमा संलग्न हुनु महत्त्वपूर्ण छ। यसको लागि, त्यस्तो money-system  जुन बुझ्न र  बुझ्नेको केही मिनेटमानै बुझ्नाउन पनि सरल होस्। यसैले Scottले the serviette strategy आविष्कार गरे। यो ३-bucket संरचना हो जसले सबै आगमन पैसाहरूलाई प्रबन्ध गर्न मद्दत गर्छ।

ति ३-Bucket/बाल्टि  हुन्:

Blow-Bucket: यो तपाईंको सबै दैनिक खर्चहरूको लागि , अलिकति पेसा उडाउन, र केही आपतकालीन समाएको लागि पैसा छुट्याईने बाल्टि हो।
Mojo/Magic-Bucket: यो ठूलो आर्थिक असभ्य स्थितिको मामलामा दीर्घ-अवधि बचतको लागि छुट्याईने ठाउँ। Ideally, तपाईले ३ महिनामा गर्ने खर्च हुनुपर्दछ।
Grow-Bucket: जहाँ तपाईको सेवानिवृत्ति र तपाईले गर्नु भएको सम्पत्ति लगानी जाने Bucket।

तपाईंले पाँचवटा बैंक खाताहरूको साथ सम्पूर्ण प्रणाली setup गर्न सक्नुहुनेछ:

Daily Account: तपाईंको आम्दानीको ६०% भाँडा, खाना, धितो इत्यादि कभर गर्न यहाँ जान्छ।
Splurge Account: १०% छोटो अवधिको रमाईलोको लागि हो, जस्तै फिल्महरू वा घुम्न जाने।
Smile Account: १०% लामो अवधिको विश्राम/रमाईलोका, लागि जस्तैः छुट्टी वा ठुलो चाडपर्व।

Fire Extinguisher Account: २०% तपाईंको जेब जलाउने प्वालहरू पुर्न, जस्तै क्रेडिट कार्डको
ऋण चुकाउन।
Mojo/Magic Account:। एक अलग बैंकको साथ एक खाता, जहाँ सबै अतिरिक्त नगद जान्छ, उदाहरणका लागि ओभरटाइम गरेको पैसा वा Extra बिक्रीबाट पाइएको Bonus।

Trick यो हो कि, तपाईंको पैसालाई सहि ठाँउमा खर्च गर्नुहोस् : रद्दिमा वा लाभदायक नहुने  ठाँउमा जानु अघिनै। चाहै तपाईंलाई  वित्तीय व्यवहार गर्न मननै नपराउने/गार्हो लाग्ने पनि किन न हुनुहोस्, यस प्रणालीको साथ, तपाईं प्रति महिना एक घण्टा भन्दा कममा आफ्नो वित्त प्रबन्ध गर्न सक्नुहुनेछ।

Barefoot Investor Video

 

पाठ २:क्रेडिट कार्डचलाउन छाडेर पहिले आफ्नो ऋण घटाउन सुरू गर्नुहोस्।

एकचोटि तपाईंले आफ्नो बाल्टिहरू setup गर्नुभएपछि, Scottले दिएका चाखलाग्दो तरिक अनुसार तपाईले द्रुत गतिका साथ ऋण घटाउन/हटाउन सक्नुहुन्छ: कैंचीको लिनुहोस् र तपाईंको सबै क्रेडिट कार्डहरू टुक्रा टुक्रा पार्नुहोस्। यसकालागि क्रेडिट कार्डको ऋण तिर्ने एक साधारण र पहिलो स्टेप हो। यो  सामान्य रूपमा व्यवस्थित खालको वित्तिको उन्नतिको लागो सानो चाल हो , तर यसले तपाईंलाई यो महसुस गराउछ कि तपाईंले केही अर्थपूर्ण कार्य पूरा गर्नुभयो। यसले तपाईं सामु आर्थिक रुपमा सकारात्मक वातावरण सिर्जना गर्दछ।

आफ्नो क्रेडिट कार्डहरू नष्ट गरेर तपाईंले सम्भवनात्मक, ऋण लिने विचारलाई  हटाउनु भएकोछ। एक पटक तपाईंले ती ऋण निर्मित पूलहरू जलाइसक्नु भएपछि, अब त्यसलाई भत्काउने समय पनि आयो।

आफ्नो बैंकमा कल गर्नुहोस् र तिनीहरूलाई सम्मिलित प्रतिस्पर्धी बैंकबाट आएको, 18-महिनाको लागि शून्य वा कम ब्याजको प्रस्तावको बारेमा बताउनुहोस्। तपाईंले त्यो प्रस्ताप नआएको हुन सक्छ, तर तपाईंले त्यो प्रस्तावको पाउन/पाउन कोशिस गर्नु आवश्यक पर्दैन। यति कुरा गर्नाले बैंकले कम ब्याजमा क्रेडिट कार्ड दिन पक्कै मान्ने छ, चाहे त्यो अघिल्लो ब्याज भन्दा १ वा २ प्रतिशतनै कम पनि किन नहोस्। सबै भन्दा राम्रो सर्तहरू setup गरेपछि अब, तपाईंले बिस्तारै ऋण तिर्न आफ्नो Fire Extinguisher Accountबाट पैसा निकाल्न सुरू गर्न सक्नुहुन्छ ।

पाठ३: दीर्घकालीन, स्वचालित वृद्धिको लागि अनुक्रमणिका कोषहरूमा लगानी गर्नुहोस्।

ऋणमुक्त बाँच्नु एक चीज हो, तर सक्रिय रूपमा पैसा बढाउँनु पनि अर्को महत्त्वपूर्ण कुरा हो। धेरै व्यक्तिहरुलाई, वित्तको”सक्रिय” भाग जोखिमपूर्ण र डरलाग्दो देखिन्छन्। तसर्थ, Scottले सिफारिश गर्दछन् कि अर्थ व्यवस्थापनमा लागि लग्दा व्यापार/लगानि गर्दैछु भन्ने सोच बनाउनुपर्छ। र

,

यि दुई पुस्तक पढ्नाले  तपाईलाई लगानि गर्न सुर्वात गर्नु, विज्ञ हुनु भन्दा महत्वपुर्ण हुन्छ भन्ने सिक दिदै, लगानी गर्दा चाहिने Common Senseको विकास गर्दछ।

Warren Buffett“King of Stock Market” ले पनि Stock Marketलाई जित्न सक्दैनन्, तर उनिले पास मात्र भएरनै करोडौ कमाएका छन्। त्यसैले दीर्घकालीन, स्वचालित वृद्धिको पहिलो स्रोतको रूपमा, अनुक्रमणिका कोषहरू तपाईको उत्तम विकल्प हो। र NEPSEले सम्पूर्ण सेवाहरु प्रदान गर्दछ। एउटा भरपर्दो र दिर्गकालन कम्पनि खोज्नुहोस् र आझै देखि लगानि गर्न सुरु गर्नु होस्।

 

https://fourminutebooks.com/i-will-teach-you-to-be-rich-summary/

https://fourminutebooks.com/the-little-book-of-common-sense-investing-summary/

Spread the love

Leave a Reply

LweoNepal
%d bloggers like this: